मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले साउन ३० गते मंगलबार र भदौ ६ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबारपत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, गीत–सङ्गीतको क्षेत्रमा राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै जुठबहादुर टुहुरे खड्गी (जे.बी.टुहुरे)लाई जनगायक उपाधि प्रदान गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।



यस्ता छन् साउन ३० गतेका मन्त्रिपरिषद्का निर्णय
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

युनिसेफको आयोजनामा नेदरल्याण्ड्सको हेगमा आयोजना हुने माइक्रोनुट्रेन्ट फोरमको छैटौँ ग्लोवल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने निर्णय

एसियाली विकास बैंकबाट रुरल कनेक्टीभिटी इन्प्रुभमेण्ट प्रोजेक्ट एटिशनल फाइनान्सिङका लागि प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय

आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाईहरूका लागि आवश्यक १९ वटा राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

प्रतापपुर हेल्थपोस्टको नाममा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) साबिक प्रतापपुर गाविस वडा नम्बर ४ घ स्थित ०–९–१३ बिघा जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय

लमजुङ जिल्ला हाल बेसीशहर नगरपालिका ३ स्थित १७–१४–३१ रोपनी सार्वजनिक प्रकृतिको जग्गा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मी लमजुङलाई प्रयोग गर्न स्वीकृति दिने, भूउपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने निर्णय

माथिल्लो दरौदी बि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको सुलीकोट गाउँपालिका वडा नं. २ र अजिरकोट गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९२ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय

बकापथ सिंचाइ आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

विज्ञान, प्रविधि तथा नवप्रर्वतनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय

अमरगढी नगरपालिका, डडेल्धुरालाई साबिक उग्रतारा गा.वि.स. वडा नं. २ को १४–५–१–० रोपनी जग्गा ल्यान्डफिल साइट निर्माण गर्ने प्रयोजनका लागि प्राप्ति गर्न सहमति प्रदान गर्ने निर्णय

नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा नायव महालेखापरीक्षक पदमराज पौडेललाई बढुवा गर्ने निर्णय

भदौ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय
सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

गीत–सङ्गीतको क्षेत्रमा राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै जुठबहादुर टुहुरे खड्गी (जे.बी.टुहुरे)लाई जनगायक उपाधि प्रदान गर्ने निर्णय

धुलिखेल अस्पतालमा ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने, कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने निर्णय

२०८० साल असोज ८–९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ वार्षिक बैठकमा अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर) नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय

धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०६८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय

नेपाल इन्जिनियरिङ सेवा, केमिकल इन्जिनियरिङ समूह, राजपत्राङ्कित प्रथम श्रेणी (प्रा.) मा बढुवा गर्ने, राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने, उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने निर्णय

त्यस्तै मालदिभ्स भदौ २३, २०८० (तदनुसार सेप्टेम्बर ९, २०२३) मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्न भदौ २१–२६, २०८० सम्मका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भ्रमण स्वीकृत गर्ने निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय

सुर्खेत जिल्ला साबिक अवलचिङ्ग गा.वि.स. वडा नं. ४ क को ९ रोपनी जग्गा चिङ्गाड गाउँपालिका वडा न. ५ मा निर्माण हुने १५ शय्याको आधारभुत अस्पताल निर्माणार्थ चिङ्गाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय

वन तथा वातावरण मन्त्रालयअन्तर्गत आ.व.२०८०/८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकिकृत भूपरिधि व्यवस्थापन आयोजना लगायतका सत्र वटा आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय

चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निकायहरूका राजपत्राङ्कित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

आगामी मिति २०८० असोज १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको भ्रमण स्वीकृत गर्ने निर्णय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकारको तर्फबाट गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने र दुःखद घडीमा मन्त्री र शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णय

 

 

 

सम्बन्धित समाचार