नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । सोमबार लामिछाने एसिया कप खेल्नको लागि पाकिस्तान प्रस्थान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थलमा उपस्थित भएर सन्दीपलाई बिदाई गरेका थिए । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी भदौ २१ गतेको लागि सरेसँगै उनको पाकिस्तान जाने बाटो खुलेको हो ।
सन्दीपले नेपाली टिमले पछिल्लो समय राम्रो खेलिरहेको बताउँदै एसिया कपमा राम्रो प्रर्दशन गर्ने भन्दै एसिया कपमा नेपाली टिमले दिल खोलेर खेल्ने प्रतिक्रिया दिए ।सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेशी तोकिएको थियो । इजलासको पाँचौंं नम्बरमा रहेको मुद्धालाई हेर्न नभ्याइने भन्दै आदेश आएपछि उनको पेशी भदौ २१ गतेलाई सरेको हो ।
सन्दीपविरुद्धको मुद्दा आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको थियो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पिडितको आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिँदै सुनुवाइ स्थगित गरेको थियो ।
यसअघि लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
एसिया कपको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली पाकिस्तानमा अभ्यास गरिहेको छ । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ भने दोस्रो खेलमा भारतसँग भदौ १८ मा श्रीलंकामा खेल्नेछ ।