एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित 

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

पाकिस्तानको मुल्तान स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४३ रन बनाएको थियो । पाकिस्तानको लागि बाबर आजम र इफ्तिकरको शतकीय पारी खेल्दै क्रमश: १५१ र १०९ रन बनाए ।



त्यस्तै पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाई आउट भए भने फकर जमानले १४ रन जोडे  । नेपालका लागि सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीको भागमा समान १-१ विकेट रह्यो ।

३४३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल २३ दशमलव ४ ओभर १०४ रनमा समेटियो  । नेपालको लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाउनु बाहेक अन्यले खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानको लागि शादब खानले ४ विकेट लिए भने शाहिन शाह अफ्रिदी र हरिस रौफले २ विकेट लिंदा नसिम शाह र मोहमद नवाजको भागमा समान १-१ विकेट रह्यो । नेपालले दोस्रो खेलमा सोमबार भारतको सामना गर्नेछ । उक्त खेल श्रीलंकामा हुनेछ ।

सम्बन्धित समाचार