पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ४ डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ र एलपी ग्यास प्रतिसिलिन्डर रु २३५ बढाएको छ  ।

पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७९ दशमलव पाँच र डिजेल तथा मट्टितेलको मूल्य १६७ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । त्यस्तै एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ८९५ रुपैयाँ हुनेछ ।



इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ  । बिहीबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आएपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ ।

इन्डियन आयल कार्पोरेशनबाट बिहीबार पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ  । यता हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

सूची :

सम्बन्धित समाचार