सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-१ बाल्मिकी स्कुल नजिक सु.प.प्र.०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ जाई बस्ने ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, लमही नगरपालिका-९ रिहारस्थित सडकमा गढवाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ८०१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक गढवा गाउँपालिका-३ गोबरडिया बस्ने ४३ वर्षीय कालिचरण चौधरीको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै काठमाण्डौ महानगरपालिका-३ बसुन्धारास्थित सडकमा प्र.३-०२-००६ प ६४०५ नम्बको मोटरसाइकल र बा.प्र.०१-०२७ च ६७४७ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा मकालु गाउँपालिका-१ घर भएका २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

दुघटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार