मुक्तिनाथ कृषि कम्पनीको कृषि संरचनाहरुको उद्घाटन सम्पन्न

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको समुपस्थितिमा भाद्र १७ गते होटल ¥याडिसन, लाजिम्पाटमा ‘५ ओटा कृषि संरचनाहरुको समुद्घाटन’ सम्पन्न गरेको छ । समुद्घाटन समारोहको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले गरेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले तयार गरेको पाँचवर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले १. इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित ‘प्रादेशिक कार्यालयहरु’, २. स्याङजा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, ३. कृषिमा लगानी प्रवद्र्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, ४. कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसंग मुक्तिनाथ कल सेन्टर’, ५. आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ गरी ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको छ ।



कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । साथै कार्यक्रमलाई प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा नै संचालन गर्ने अन्तिम तयारी भएता पनि निर्धारित समयभन्दा पछाडि कार्यव्यस्तताको कारण आउन सम्भव नभएको भनी जानकारी प्राप्त भएकोमा मन्त्री र अन्य विशिष्ट व्यक्तित्वहरुमार्फत प्रधानमन्त्रीसमक्ष कृषि क्षेत्रको विकासका लागि गहन रुपमा छलफल गर्न अनुरोध गरे ।

सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावी योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारीमार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रो पंचवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यस कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सुगारीका केसीले गरेकी थिइन् ।

मुक्तिनाथ कृषि कम्पनी लि., ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानद्वारा ‘संस्थागत मूल्य श्रृंखला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण’ गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं. २०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार