नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, अर्जुनधारा नगरपालिका-४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विवेकले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, राप्ती गाउँपालिका-१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यता १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।