सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका  नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।



त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

सूचना

सम्बन्धित समाचार