नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु १ डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ बढाएको हो ।
मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु १ ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय१ ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु १७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर १७० रुपैयाँ ५० पैसा तोकिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आएपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ ।
इन्डियन आयल कार्पोरेशनबाट बिहीबार पेट्रोल र डिजेलमा क्रमश: प्रतिलिटर क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा बढेर आएको छ । यता हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
सूची :