श्रीलंकालाई पराजित गर्दै भारतले जित्यो एसिया कपको उपाधि

श्रीलंका १० विकेटले पराजित

एसिया कपको उपाधि भारतले जितेको छ । साविक विजेता तथा घरेलु टोली श्रीलंकामाथि १० विकेटको सानदार जित निकाल्दै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा समेटिएको । श्रीलंकाका लागि कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि मोहमद सिराजले ६ विकेट लिए भने हार्दिक पान्ड्याले ३ विकेट लिँदा जसप्रित बुमराहको भागमा १ विकेट रह्यो । ५१ रनको सामन्य लक्ष्य लिएर मैदान उत्रेको भारतले ६.१ ओभरमा विना विकेट पूरा गर्यो ।

भारतका लागि शुभमन गिल २७ र इशान किसनले २३ रनमा अविजित रहँदै भारतलाई आठौँ पटक उपाधि दिलाए । भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै भारतसँगको लागि उपाधि भिडन्त पक्का गरेको थियो ।

यो भारत विरुद्ध कुनैपनि टिमको सर्वाधिक कम स्कोर हो । यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक कम स्कोर भारत विरुद्ध बंगलादेशको रहेको थियो । २०१४ मा बंगलादेश ५८ रनमा अलआउट भएको थियो ।

 

 

 

 

सम्बन्धित समाचार