नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ गौशला रुन्चे डाँडास्थित सम्झना गेष्टहाउस एण्ड लजमा काम गर्ने काठमाडौं महानगरपालिका-१० घर भएका ४६ वर्षीय महेश केसी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै प्यूठान, सुनिल स्मृति गाउँपालिका-७ तेबाङ बस्ने तुल्सी प्रसाद रिजालको छोरा १३ वर्षीय पोषण रिजाल स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमको कम्पाउण्डभित्र गाईलाई पानी खुवाउनको लागि बनाएको ड्याममा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-२४ समुन्नतटोल बस्ने ८० वर्षीय बुद्दी बहादुर कुमाल सोही ठाँस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रूपन्देही, तिलोतमा नगरपालिका- १४ चिलिया बस्ने ३० वर्षीय सन्दीप थापामगर सियारी गाउँपालिका-६ करङ्गे टोल बस्ने साथीको घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता मकवानपुर, बागमती गाउँपालिका-४ पांचपाण्डवमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५८ वर्षीया पबित्रा बराल सोही ठाउँस्थित राममन्दिर पछाडीको नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत शुक्रबार घरबाट हिडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।