नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट सात जना पक्राउ परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार दिउँसो सात जनालाई पक्राउ गरेको हो ।
पकरौ पर्नेमा भण्डारीसहित सात जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले जुवा खालबाट नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक तासस बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।