नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका हुन् ।
उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति :