तस्विरमा संविधान दिवस २०८० (फोटोफिचर)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस, २०८० मनाइएको छ ।

संविधान दिवस, २०८० मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।



समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्च पास, विविध सांस्कृतिक झाँकीका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गरेका थिए ।

संविधान दिवस २०८०

संविधान दिवस २०८०

संविधान दिवस २०८०

संविधान दिवस २०८०

संविधान दिवस २०८०

संविधान दिवस २०८०

संविधान दिवस २०८०

तस्विर सौजन्य : रत्न श्रेष्ठ/रासस

सम्बन्धित समाचार