नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ८०० रहेकोमा मंगलबार रु १ लाख १३ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार २५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख १२ हजार ५०० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ४०५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।