साफ यू–१९ च्याम्पियनसीपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बिहीबार  भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानलाई जित दिलाउन अली जफरले गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  तर खेलको ७६औँ मिनेटमा जफरले गरेको एक गोल नै पाकिस्तानको लागि पर्याप्त रह्यो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।



अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ भने नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ ।प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

सम्बन्धित समाचार