कति गतेबाट खुल्दैछ बसको अग्रिम टिकट बुकिङ ?

सरकारले आगामी असोज २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी असोज २२ गते सोमबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको महानिर्देशक रिजालले जानकारी दिए । अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।



व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

 

सम्बन्धित समाचार