६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौँले दियो यस्तो आदेश

६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । शुक्रबार ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने  जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।



सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियोे ।

 

सम्बन्धित समाचार