विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात, अफगानिस्तान ६ विकेटले पराजित  

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा बंगलादेशलव विजयी सुरुवात गरेको । शनिबार भएको खेलमा अफगानिस्तानमाथि ६ विकेटको जित निकाल्दै बंगलादेशले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै १५६ रनमा समेटियो । अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले ४७ रन बनाए भने इब्राहिम जरदानले २२ रन जोडे । त्यस्तै अजमातुल्लाह ओमाराजीले २२ रन बनाई आउट भए भने रहमत शाहले १८ र कप्तान हसमतुल्लाह शाहिदीले १८ रन जोडे ।



बंगलादेशका लागि शकिब उल हसन र मेहदी हसनले समान ३-३ विकेट लिए भने शोरिफुल इस्लामले २ विकेट लिँदा तास्किन अहमद र मुस्ताफिजुर रहमानको भागमा समान १-१ विकेट रह्यो । अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशले ३४ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको लागि नज्मुल होसेन शान्तो र मेहिदी हसन मिराजलेले अर्धशतकीय पारी खेल्दै क्रमश: ५९ र भने ५७ रन बनाए भने कप्तान शकिब अल हसनले १४ रन जोड्दा लिटन दासले १३ रन बनाए । अफगानिस्तानको लागि अजमातुल्लाह ओमरजाही, नभिन उल हक र फजालहक फारुकीले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार