विश्वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गर्दै न्युजिल्यान्डले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

यता नेदरल्यान्ड्सको भने यो लगातार दोस्रो हार हो । भारतको राजीभ गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएको थियो । उसका लागि विल योङले ७०, कप्तान टोम लाथमले ५३ र रचिन रवीन्द्रले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ड्यारी मिचेल ४८ रन बनाई आउट भए भने मिचेल स्यान्टनर ३६ रनमा अविजित रहँदा डेभोन कन्वेले ३२ र मेट हेनरी १० रनमा अविजित रहे ।



बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई समान २-२ विकेट लिए भने बास डी लिडेको भागमा एक विकेट रह्यो । ३२३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्स ४६.३ ओभरमा अलआट हुँदै २ २३ रनमा समेटियो । उसका लागि कोलिन अकेरमनले ६९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान स्कट एडवार्डले ३० रन बनाए भने शाइव्रान्ड इन्जिेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ र आर्यन दत्तले ११ रन जोडे । न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले ५ विकेट लिए भने मेट हेनरीले ३ विकेट लिँदा रचिन रविन्द्रको भागमा १ विकेट रह्यो 

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो भने नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसित ८१ रनले पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने ११ बजे बंगलादेश र इङ्ल्यान्ड र दोस्रो खेलमा सवा २ बजे पाकिस्तान र बंगलादेश भिड्दै छन् ।

सम्बन्धित समाचार