विश्वकप छनोटमा नेपाल र लाओसले बराबरी खेले, अञ्जनको कीर्तिमानी गोल 

विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । बिहीबार पहिलो लेग अन्तर्गत भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले गोल गर्न सफल भयो । नेपालका लागि खेलको ४९औँ मिनेटमा अञ्जन विष्टले कीर्तीमानी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।



उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका थिए । अञ्जनले उक्त गोलसंगै आफ्नो गोल संख्या १३ पुर्‍याउदै  हरी खड्का र निराजन रायमाझीकको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरे ।

अब नेपाल र लाओसबीचको दोस्रो लेगको खेल असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।

सम्बन्धित समाचार