नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
जापानमा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको निधन भएको छ । तनहुँ, दमौलीका २२ वर्षीय दीपक श्रेष्ठको जापानको नागोयामा ट्रकको ठक्करबाट निधन भएको हो ।
अध्ययनका लागि जापान गएका श्रेष्ठको (अक्टोबर १२) अर्थात् बुधबार निधन भएको हो । संयोग के परेको छ भने उनको जन्मदिनकै दिन मृत्यु भएको छ । नागोया विबाजिमा रहेको कोठामा जाने क्रममा सडक पार गर्ने क्रममा उनी सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि अस्पताल लगिए पनि राति १ बजे निधन भएको थियो । उनको शव हाल प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।