कोइराला ‘अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्’बाट सम्मानित

भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको एसिया ब्राण्ड अवार्डले एसियाका विभिन्न देशबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका आरसी कोइराला ‘रामचन्द्र’ लाई ‘अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्’ को उपाधिबाट सम्मान गरेको छ । कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू उक्त उपाधिबाट सम्मानित भएका थिए ।

३० वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थपक अध्यक्ष हुन् । उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन् । कोइरालाले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा पुर्याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।



अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपालमा भित्र्याउने श्रेय पनि कोइरालालाई छ । नेपालमा हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएका कोइरालाले पाएको यस सम्मानले लोक संस्कृतिको प्रबद्र्धनको क्षेत्रमा उनले खेलेको भूमिकाको सम्मान भएको छ ।

सम्मानित कोइराला भन्छन्– ‘अवार्डले मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक सम्मानित भएका कोइराला आफ्नै देश नेपालले भने आफूलाई नचिनेकोमा गुनासो पोख्तै भन्छन्– यहाँ देशको झण्डा बोक्नेलाई कसैल चिन्दैन, सम्मान गर्दैन । नेपालमा सम्मान पाउन पार्टीको झण्डा बोक्नु पर्ने रहेछ ।’

सम्बन्धित समाचार