नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असोज ।
एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा अष्ट्रेलियाको यो पहिलो जित हो भने श्रीलंकाको लगातार तेस्रो हार । भारतको लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २०९ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कुशल परेराले र पथुम निसन्काले क्रमश: ७८ र ६१ रनको अर्धशतकीय पारी खेले भने चरिथा असलन्काको २५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि एडम जम्पाले ४ विकेट लिए भने मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ विकेट लिँदा ग्लेन म्याक्सवेलका भागमा १विकेट रह्यो । २१० रनको लक्ष्य लिएर मैदान उत्रेलो अष्ट्रेलियाले ३५ दशमलव दुई ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि जोस इंग्लिसले ५८ र मिचेल मार्सले ५२ र रन अर्धशतकीय पारी खेले । त्यस्तै मार्नस लाबुशेनले ४० रन बनाई आउट भए भने ग्लेन म्याक्सवेल ३१ र मार्कुस स्टोइनिस २० रनमा अविजित रहे ।
श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए भने डुनिथ वेललेजको भागमा एक विकेट रह्यो । अष्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित हो भने विश्वकपमा श्रीलंकाको यो लगातार तेस्रो हार हो।