मनाङ एयरका पाइलट सेढाईंको उपचारको क्रममा भारतमा मृत्यु 

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको मृत्यु भएको छ । मंगलबार भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा सेढाईंको मृत्यु भएको हो ।

उनले चलाएको हेलिकप्टर गत असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते पाइलट सेढाईं लाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल ल्याइएको थियो ।



ह्याप्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो । उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमा भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको थियो ।

लुक्लाबाट लोबुचे ( सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो  ।

सम्बन्धित समाचार