नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।


भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलिया विजयी भएको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जारी प्रतियोगितामा अस्ट्रेलियाको यो तेस्रो जित हो भने नेदरल्यान्ड्सको चौथों हार । दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ ९९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्ले म्याम्सवेल र ओपनर डेविड वार्नरले शतकीय पारी खेल्दै क्रमश १०६ र १०४ रन बनाए ।
म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान समेत कायम गरेका छन् । उनले जारी विश्वकपमा दक्षिण अफ्रिकाका एडेन मार्क्ररमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । त्यस्तै स्टिभ स्मिथ र मार्नुस लाबुसेनले क्रमश: ७१ र ६२ रनको अर्धशतकीय पारी खेल्दा जोश इङ्लिसले १४ र कप्तान प्याट कमिन्स १२ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका लागि लोगन भा बिकले ४ विकेट लिए भने बास डि लिडेले २ विकेट लिँदा आर्यन दत्तको भागमा एक विकेट रह्यो । ४०० रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै अलआउट भयो । नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले २५ रन बनाए भने तेजा निदामानुरुले १४ रन जोड्दा कप्तान स्टक एड्वार्डस १२ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ विकेट लिए भने मिचेल मार्शले २ विकेट लिँदा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सको भागमा समान १-१ विकेट रह्यो ।
अस्ट्रेलियाको यो जित एकदिवसीय विश्वकपमा सबैभन्दा ठूलो रन अन्तरको जित हो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले पराजित गरेको थियो । जितसँगै अस्ट्रेलिया ५ खेलमा ३ जित र २ हारसहित ६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको पुछारमा रहेको छ ।

