नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
नवलपरासी पश्चिमबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको रामग्राम नगरपलिका-७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २५ वर्षीय इमरान खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।