नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको हो ।
देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।