नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएका थिए ।