प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक आव्हान गरेका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनस्र्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।



सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सम्बन्धित समाचार