जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ,ग्रामथान गाउँपालिका-१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी रेसुङ्गा नगरपालिका-१० सिखेधारा बस्ने २५ वर्षीय राम बहादुर घर्ती थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई अर्घाखाँची, छत्रदेव गाउँपालिका-७ डाँडाखर्कस्थित खर्यानबारिमा लागि बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस्तै ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान, माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, मेचिनगर नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार