सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । रूपन्देही, तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१ ड्राईभरटोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका- २ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।



ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रूकुम पश्चिम, चौरजहारी नगरपालिका-८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका-१३ बस्ने ४५ वर्षीय मस्त बहादुर वलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको २ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ भन्ने अन्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

यस्तै स्याङजा, पुतलीबजार नगरपालिका-१४ भिरबारीस्थित सडकमा ग.१ त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका-४ बस्ने २८ वर्षीय रामहरी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । यता इलाम, रोङ गाउँपालिका-३ कोलबुङमा ना।६ ख ८४२४ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धनुषा धानुषाधाम नगरपालिका-९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामा र सोही ठाउँ बस्ने ३५ वर्षीया मनवती लामा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ३४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ ग्वारखोलामा रा।७४ प ८४६४ नम्बरको मोटरसाइकल र रा.७ प ६५५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा रा.७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका-५ बस्ने २८ वर्षीय अमृत केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । रा.७४ प ८४६४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका-७ डाउनास्थित सडकमा सु.प.प्र.०२-००४१ प २७०० नम्बरको स्कुटरलाई म.२ प ७४५६ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ४८ वर्षीय तारा सिंह कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । उता रूकुम पश्चिम, सानो भेरी गाउँपालिका-९ खारखोलास्थित सडकमा हाल अल्फाबेट नखुलेको ४२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-९ हासिवाङ बस्ने ६५ वर्षीया कमला खड्का मगरको आइतबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै सर्लाही, हरिवन नगरपालिका-९ नोचास्थित सडकमा मधेश प्रदेश ०३-००१ ज ०३४२ नम्बरको वीङ्गर गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया लक्ष्मी पोख्रेलको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्वाभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य १ जनालाई उपचारको लागि लालगढ मोडेल अस्पताल धनुषा रिफर गरिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार