नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका-२ घर भएका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको खुल्न आएको छ । त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका- १७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कञ्चनपुर, बेल्डाँडी गाउँपालिका-१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । यता ललितपुर, ललितपुर महानगपालिका-२५ भैंसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षिया एलिना राई आफु बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
उता झापा, गौरादह नगरपालिका-४ डोरामारी बस्ने ७५ वर्षीय जय प्रसाद संग्रौला गौरादह नगरपालिका-४ र गौरदह नगरपालिका-६ को सिमानामा पर्ने दामुना खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-३ भेडाबारीमा सोही ठाउँ बस्ने १७ वर्षीय फुलकाजी तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० स्थित चेतरादेही सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।