मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । लमजुङ, सुन्दरबजार नगरपालिका-२ पुर्काङ भियाले बस्ने ५५ वर्षीय प्रेम बहादुर भुजेल सोही ठाउँस्थित बाटोको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

परेवाडाँडा खानेपानी संस्थाका कर्मचारी भुजेल बुधबार साँझ पानी छोड्न जान्छु भनी हिंडेकोमा फर्कि नआएपछि ढुङ्गाको कच्ची पर्खालबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । त्यस्तै तनहुँ, देवघाट गाउँपालिका-५ गोहीटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै धनुषा, सबैला नगरपालिका-९ कुशमाहा टोल बस्ने ३२ वर्षीय अभगला भन्ने रामाशंकर राय सोही नगरपालिका-३ सबैला स्थित नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार