नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गणेशले ती महिलालाई झापा, विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटना बढिरहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।