एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

युएईमा जारीे एसिसी यु–१९ं एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।

दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटिएको थियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।



नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन जोडे भने अर्जुन कुमाल र दीपक बोहरा समान ७-७ रन बनाई आउट भए । त्यस्तै आकाश चन्द ४ रनमा अविजित रहँदा, गुल्सन झा र दीपेश कँडेलले समान ४-४, कप्तान देव खनाल र सुवास भण्डारीले समान २-२ रन बनाए भने दीपक बोहराले १ रन जोड्दा उत्तम थापा मगर र दीपक डुम्रेले खाता समेत खोल्न सकेनन् ।

भारतका लागि राज लिमबानी ७ विकेट लिए भने आरध्य शुक्लाले २विकेट लिँदा अरसिन कुलकर्नीको भगमा एक विकेट रह्यो । ५३ रनको झिनो लक्ष्य लिएर मैअदन उत्रेको भारतले ७.१ ओभरमा कुनैपनि विकेट नगुमाई पूरा गर्यो । भारतका जितमा आर्सिन कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे ।

भारतसँग पराजित भएसँगै समूह ‘ए’ मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

 

 

 

 

 

 

सम्बन्धित समाचार