नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ मंसिर ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, उर्लाबारी नगरपालिका-१ स्थित खेतबाट माटो लोड गरी ल्याउँदै गरेको प्र.१-०२-००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सह-चालक मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३४ वर्षीय नैन श्रेष्ठको बुधबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-७ रमनाटारमा ना.५ ख ३७८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७ वर्षीय उमेश प्रजाको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता काठमाडौं, शंखरापुर नगरपालिका-५ पालुबारीस्थित सडकमा बा.प्र०२-०३९ प १०५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएकी ७६ वर्षीया खड्क माया खत्रीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शुस्मा कोईराला मेम्मोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै संखुवासभा, मकालु गाउँपलिका-३ नयाँ बस्तीस्थित सडकमा प्र.१-०२०५२ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोटखोला गाउँपालिका-२ रूकमा बस्ने ४५ वर्षीय कान्छा लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सिरहा, मिर्चैया नगरपालिका-९ घुर्मीमा स।१ त ५७०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया अनिता देवी शर्मा ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।