नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० मंसिर ।
देशका विभिन्न्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कास्की, रूपा गाउँपालिका-७ स्थित मादीखोला किनारमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै नुवाकोट, मेघाङ गाउँपालिका-२ बुङताङ बस्ने ७० वर्षीय लछिमन तामाङ घर नजिकै कोदोबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रोल्पा, रोल्पा नगरपालिका-४ हाटबजार टोल बस्ने ४७ वर्षीया भावना हमाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै पाँचथर, मिक्लाजुङ गाउँपालिका-७ कम्पुटार बस्ने बर्दिया गुलरीया नगरपालिका-८ घर भएका २९ वर्षीय मुकेश लोध आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनले राके, रवि र भेरेटार सडकमा काम गर्ने गरेको खुल्न आएको छ ।
उता काभ्रे, मण्डनदेपुर नगरपालिका-१० हल्दे बस्ने ६५ वर्षीया कान्छी दमाई सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कैलाली, घोडाघोडी नगरपालिका-१ बेलार बस्ने ५७ वर्षीय मान बहादुर कुँवर सोही ठाउँस्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापा, मेचिनगर नगरपालिका-८ गिरी गाउँ बस्ने ३० वर्षीय हरि माझी सोही ठाउँस्थित घैलाडुब्बा खोलाको किनारामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-८ ताथली हनुमानटोलस्थित गणेश इँटा उद्योगको इँटाको झ्याउलीभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।