सीतल आचार्य
नयाँ दिल्ली, ९ पुस ।
भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका डेकप्रसाद अधिकारी ‘गोपाल’ लाई ‘अन्तर्राष्ट्रिय अभिमान पुरस्कारूबाट सम्मान गरेको छ ।
कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू विभिन्न उपाधिबाट सम्मानित भएका थिए । दिल्लीको मण्डी हाउसस्थित अडियोटोरियलको हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनिति दलका नेता तथा विशिष्ट कलाकारहरुको हातबाट पुरस्कार वितरण गरिएको थियो ।
१५ वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै आएका अधिकारी विभिन्न संघ संस्थामा आबद्ध छन् । उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन् । अधिकारीले विश्वको कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा पुर्याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मानित अधिकारी भन्छन्– ‘पुरस्कारले मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ ।’