नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
काठमाडौं महानगरपालिका-८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेकोअवस्थामा गुरूङसहित २१ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।