नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटना बढ्दै गएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।