जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटना बढ्दै गएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार