जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनामा वृद्धि हुँदै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार