नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ माघ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, लेटाङ नगरपालिका-१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको छ ।