नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ माघ ।
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका-८ स्थित सडकमा भे.१ ख १८५० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बादर भरिया बस्ने ५५ वर्षीय फागुराम थारुको सोमबार बिहान मृत्यु भएको छ ।
पैदल हिँडिरहेको अवस्थामा आइतबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको नरसिंह होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुर्खेत, गुर्बाकोट नगरपालिका-७ मेहलकुनामा भे.१ ह ४७०० नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-७ बस्ने ५० वर्षीया भिमि कामीको सोमबार बिहान मृत्यु भएको छ ।
आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको मेहलकुना अस्पताल हुँदै थप उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका अटोमा सवार अटो चालक समेत २ जनाको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।