नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।
दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन बनाएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए भने कप्तान देव खनालले ३५ रन जोडे ।
त्यस्तै सुवास भण्डारी १८ रनमा अविजित रहँदा अर्जुन कुमालले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बङ्गलादेशका लागि रहमत ब्रोसनले ४ विकेट लिए बने शेख परवेज जीवनले ३ विकेट लिंदा क्वाल इमोन र मारुफ मृदको भागमा समान १-१ विकेट रह्यो ।
१७० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्याे ।बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतकीय पारी खेल्दै क्रमश: ५९ र ५५ रन बनाए । यस्तै उस्हिकुर शिब्लीले १६ रन जोड्दा चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले ५ विकेट लिए । सुपर सिक्स अन्तर्गतको दोस्रो तथा अन्तिम खेल अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।