नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा, दमक नगरपालिका-७ स्थित डेरा गरी बस्ने इलाम माङसेबुङ गाउँपालिका-३ घर भएकी २८ वर्षीया ममिला राई आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीले आवश्यक अनुसन्धानको लागि उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । यसैगरी झापा, शिबसताक्षी नगरपालिका-११ नहर चोकस्थित नहरमा सोही नगरपालिका- ९ बस्ने ५७ वर्षीय रामजी बस्नेत बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ टनगाउँ बस्ने ४० वर्षीय ईश्वर धिताल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रूकुम पश्चिम, चौरजहारी नगरपालिका-३ बरलेपाखास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।