नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी कास्की, पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०८० जेठ १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना ठहर भई २ महिना १६ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र जरिवाना भुक्तान हुन बाँकी रही फरार रहेका उनलाई वडा प्रहरीकार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।