नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।
अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका संचालक बर्दघाट नगरपालिका-४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विश्वकर्मा शनिबार साँझ घाइते भएका छन् ।
गजेन्द्रले पसल बन्द गरी लु।४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका-१६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटर समेत लिई फरार भएको भन्ने खबर इलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो ।
तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो । उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुन: थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको छ ।