नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
मुगु, खत्याड गाउँपालिका-२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय बिशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गएराति मृत्यु भएको छ ।
सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा/छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोल समेतबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।